Sunday, May 20, 2007

बढ्दैछ चाप तातोपानीमा

सींगा बजारको व्यापारमा उल्लेख्य बृद्धि भएको छ । बेनी दरवाङ खण्डमा चल्ने वस र जिपले समेत राम्रो व्यापार गरेको छ । होटल, रेष्टुरेन्ट, किनमेलको लागि बजार, यातायात, टेलिफोन आदिको सुविधा प्राप्त गर्न सकिने म्याग्दी खोलाको किनारमै रहेको सो प्राकृतिक चिकित्सालयमा आन्तरिक र बाह्य पर्यटकहरुको आर्थिक स्थिति र रुची हेरी सुविधा सम्पन्न होटल रेष्टुरेष्ट, मनोरञ्जन, इन्टरनेट सुविधा, र कुण्डको आकारमा अझै बृद्धि गर्न सकिएको खण्डमा यसले म्याग्दी जिल्लाको मात्र नभई सिंगा तातोपानीको विकासमा टेवा दिने पक्का छ । प्रायजसोले कुण्डमा ७–१५ दिन विताउने हुनाले पनि उनीहरुलाई आकर्षित गर्न सकिएको खण्डमा आर्थिक लाभ र जिल्लाको प्रतिष्ठामा राम्रो टेवा पुग्नेछ । कुण्डमा यतिखेर एकैपटकमा ६०० जनासम्म डुब्ने व्यवस्था मिलाइएको छ ।बेनी दरवाङ खण्डमा चल्ने वस र जिपले समेत राम्रो व्यापार गरेको छ । होटल, रेष्टुरेन्ट, किनमेलको लागि बजार, यातायात, टेलिफोन आदिको सुविधा प्राप्त गर्न सकिने म्याग्दी खोलाको किनारमै रहेको सो प्राकृतिक चिकित्सालयमा आन्तरिक र बाह्य पर्यटकहरुको आर्थिक स्थिति र रुची हेरी सुविधा सम्पन्न होटल रेष्टुरेष्ट, मनोरञ्जन, इन्टरनेट सुविधा र कुण्डको आकारमा अझै बृद्धि गर्न सकिएको खण्डमा यसले म्याग्दी जिल्लाको मात्र नभई सिंगा तातोपानीको विकासमा टेवा दिने पक्का छ ।यस तातोपानी कुण्डमा प्रचुर मात्रामा विरेनुन र गन्धक भएको र गन्धक एक आफैंमा प्राकृतिक एन्टिवायोटिक भएको हुनाले एक व्यक्तीमा भएको रोग अर्को व्यक्तीमा सर्दैनन् । यस तातोपानी कुण्डको तापक्रम ४५C देखी ४८C सम्म र मुलमा ५४C देखी ५७C सम्म छ । यहाँ नियमित नुहाउनाले ग्याष्ट्रिक, बाथरोग(युरिक एसिड), ढाड दुख्ने, छाला सम्वन्धी रोग, सुन्निएको, बज्रिएको, मर्किएको, पेट सुनिने, गलगाँड र एसाइतिस रोग पनि निको भएको पाइन्छ । रोगीको अवस्था र प्रकृति हेरेर हप्ता दिनदेखी दुई हप्तासम्म पनि नुहाउने गर्दछन् भने यस कुण्डमा करिव ३०० जना व्यक्ति अट्न सक्छ ।