"बेनीको बजार जता माया उतै छ नजर......." यतिसुन्दावित्तिकै बेनी पुगेका सबैलाई याद आँउछ दुईखोलाको विचमा अवस्थित बेनीबजार । केहि समययताबेनीले आफ्नो रुपमा परिवर्तन गरिसकेको छ । बेनीएउटा सानो बस्तीबाट घना शहरमा परिवर्तन हुँदैगैरहेको छ । तिव्रगतिमा विकास हुँदैछ अनिआभुनिकिरणले ढपक्कै ढाक्दैछ बेनीलाई ।यहाँको विकास निर्माणको क्रममा छोटो समयमै भएका केहि प्रगतिहरु निम्न रहेका छन् ।
सडक
बेनीसम्म पुग्नका लागि मालढुङ्गा-बेनी-जोमसोम र बाग्लुङ-बेनी-दरवाङ २ वटा सडक कालीगण्डकीकोवारिपारी बनेका छन् । यी दुई सडकमध्ये मालढुङ्गा-बेनी सडक पिच हुने कुरा चलिरहेको छ भने बागलुङबासीहरुबागलुङतिरको बाटो पिच गराउनु पर्नेमा जोड दिइरहेका छन् । बेनीबजार क्षेत्रभित्र भने १ बर्षअगाडी पिचभैसकेको छ ।

No comments:
Post a Comment